संस्कृतिस्थानिय समाचार

ज्यापू संस्कृति विकास कोषद्वारा परम्परागत त्वाःखलःका गुरुहरुलाई सम्मान, १९ औं राष्ट्रिय ज्यापू दिवस ग्वफ त्वाःको संयोजकत्वमा हुने

३० असार २०७९, काठमाडाैं ।
ज्यापू संस्कृति विकास कोषद्वारा गुरु पूर्णिमाको अवसरमा हिजो यहाँ परम्परागत ६३ टोलका गुरुहरूलाई सम्मान गर्नुका साथै १९ औं राष्ट्रिय ज्यापू दिवसको पालो हस्तान्तरण गरियो ।

कामपाका मेयर वालेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सम्पूर्ण गुरुहरूलाई सगुन सहितको फूल माला, टीका तथा टोपी लगाइदिएर गुरु पूर्णिमाको शुभ अवसरमा गुरुहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर साहले नेवाः समुदायभित्र बहुसंख्यक रूपमा रहेको ज्यापू जातिको संस्कृति समृद्ध र समुन्नत भएको बताउँदै आफू पनि रैथाने भएको र रैथानेकै रूपमा व्यवहार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मेयर वालेन्द्र साहसहित  निर्वाचित स्थानीय ज्यापू जनप्रतिनिधिलाई पनि कोषले सम्मान गरेको थियो ।

कार्यक्रममा १९ औँ राष्ट्रिय ज्यापू दिवस र योमरी पुन्हि आयोजना गर्न परम्परागत ग्वफः त्वाः खलःका अध्यक्ष पञ्चनारायण महर्जनलाई दिवसको तयारीको लागि एक लाख रुपियाँको नगदसहित जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

यस्तै, कोषले परम्परागत बाजागाजा संरक्षण र मर्मतका लागि ६३ वटै टोललाई जनही दश हजार रुपियाँको दरले नगद अनुदान दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *