शिक्षास्थानिय समाचार

ज्ञानोदय पूर्व विद्यार्थीद्वारा गुरुहरु सम्मानित

३० असार २०७९, निरू महर्जन, काठमाडाैं ।

गुरु पूर्णिमाको पावन अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) द्वारा शिक्षकहरुलाई सम्मान गरेको छ ।
“ज्ञान” का पूर्व अध्यक्ष÷संरक्षकका साथै विद्यालय व्यवस्थापन समितिका सदस्य श्री साधुराम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयको भौतक र शैक्षिक उन्नतिमा विशेष योगदान दिनु हुने विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा अधिकारी लगायत शिक्षकहरु डिल्लीराम रिमाल, महेश्वर प्रसाद यादव, ज्वाला नेपाली, गुलशन प्रधान, ईश्वरी भट्टराई, रोहिणी मल्ल, सुजन कुवर, कुलदिप बुढाथोकी, श्याम कुमार गुरुद्र, विद्यादेवी गुरुङ्ग, सुष्मा शर्मा, रामबाबु खड्का, नारायण प्रसाद सापकोटा, स.प्र.अ. विष्णु रिमाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि गौतमले संस्थाले स्थापनाकालदेखि नै विविध मानविय र सामाजिक कार्यक्रम गर्दै आएको र अझै यस्ता कार्यहरु विस्तार गर्दै जानु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रमका सभापति तथा संस्थाको अध्यक्ष रूपचन्द्र पन्तले आफ्नो प्रतिकूल स्वास्थ्यका बावजुद पनि कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्ण शिक्षकहरु प्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रमले शिक्षक विद्यार्थीहरु बिच मात्रै नभई आफुभन्दा आदरणीय व्यक्तिहरु प्रतिको आदरभावमा वृद्धि गर्न सहायक सिद्ध हुनेमा आफु विश्वस्त रहेको विचार राख्नु भयो ।

साथै भानु जयन्ती जयन्तीको उपलक्ष्यमा विद्यालयस्तरीय कविता वाचन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *