नेपालभाषासमाचारसाहित्य

“नेवाः पहिचान : थी थी आयाम” विषयक राष्ट्रिय गोष्ठी भोलि र पर्सि

१६ असार २०७९, काठमाडौं ।
वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाः देय् मू कवः को आयोजनामा  “नेवाः पहिचान : थी थी आयाम” विषयक दुई दिने राष्ट्रिय गोष्ठी खुसिबुँ स्थित विनायक मल्टी भेन्यूमा असार १७ र १८ गते हुने भएको छ ।

गोष्ठीको पहिलो दिन माननीय सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र हुने जानकारी आज यहाँ आयोजित पत्रकार कार्यक्रममा अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले जानकारी दिए ।

उद्घाटन सत्रमा प्रा.डा. ओमकारेश्वर श्रेष्ठको अध्यक्षतामा “नेवाः शिक्षा व सञ्चार” अन्तर्गत डा. चुन्दा बज्राचार्यले “नेपाःया शिक्षण प्रणालिइ नेपालभाषा”, सुरेश किरण मानन्धरले “नेपालभाषा पत्रकारितां नालेमाःगु लँपू”, शरद कसाःले “नेपाल लिपि”, तथा डा. विजय प्रकाश सैंजूको अध्यक्षतामा “नेवाः पहिचान संरक्षणया लँपुइ” विषय अन्तर्गत किरण के. रञ्जितले “हलियम् नेवाः”, प्रेमराज शिल्पकारले “नेवाः पहिचानया आन्दोलनं कायेमाःगु लँपू” र श्याम मानन्धरले “नेपाल संवत् व शंखधर साख्वाः” विषयक कार्यपत्र प्रस्तुत गर्नेछ ।

गोष्ठीको दोश्रो दिन प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठज्यूको अध्यक्षतामा “नेवाः मंकाः पह” विषय अन्तर्गत जितेन्द्र विलास बज्राचार्यले “नेवाः संस्कृतिइ गणेद्यः”, शोभा श्रेष्ठले “हाकु पतासी” र पुष्कर माथेमाले “थाय्बाय्या नामय् जुयाच्वंगु अतिक्रमण” तथा डा. राजन लाल जोशीज्यूको अध्यक्षतामा “नेवाः अमूर्त संस्कृति” विषय अन्तर्गत रत्न मन महर्जनले “येँया पुन्ही”, विराजकाजी राजोपाध्यायले “ख्येँय् सगं” र त्रिरत्न मानन्धरले “दाफा” विषयक कार्यपत्र प्रस्तुत गर्नेछ ।

साथै दोश्रो दिन लोककवि राजभाइ जकःमिको “नेवाः पुर्खा” पुस्तक पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *