श्री श्वेतकालीको १२ वर्षे जात्रा अन्तर्गत भोलि नगर परिक्रमा हुने
१२ चैत्र २०७८, काठमाडौं ।
गत चैत्र २ गते स्वयम्भु वनबाट तान्त्रिक पूजा पश्चात मूथां ल्याई ५ गते देवघरमा प्रतिस्थापन गरी शुरु गरिएको श्री श्वेतकालीको १२ वर्षे जात्रा अन्तर्गत भोलि नगर परिक्रमा (दे चाहिकेगु) हुनेछ ।

जस अन्तर्गत श्री श्वेतकालीको धार्मीक परम्परा अनुसार अनुसार भोलि साँझ ङ्यतभुलु अजिमा द्यःछें, ङतपाचोबाट श्रीको देवगण सहितको देवीनाच प्रदर्शन शुभारम्भ भई नगरपरिक्रमा हुनेछ ।
नगरपरिक्रमा अन्तर्गत ङ्यतभुलु अजिमा द्यःछें, ङतपाचो, नरदेवी, टेंगल, न्ह्योखा, थाय्मदु, न्हाय्कंतला, असन, बालकुमारी, जनबाहाल, इन्द्रचोक, मखन, हनुमानढोका, मरु, चिकंमुगल, जैशीदेवल, कोहिति, भिमसेनस्थान, काष्ठमण्डप, प्याफल, यटखा, नरदेवी हुँदै ङ्यतभुलु अजिमा द्यःछेंमा देवगणहरुले प्रवेश गरिसकेपछि श्री श्वेतकालीको नगर परिक्रमा कार्यक्रम सम्पन्न हुनेछ ।
आगामी १७ गते साँझ देवघरबाट नरदेवीस्थित डबलीमा देवगणको सवारी चलाई १८ गतेसम्म १२ वर्षे श्वेतकाली नाच प्रदर्शन गरिनेछ ।

