श्वेतकालीको बाह्र वर्षे जात्रा शुरु (हेर्नुहाेस् १२ फाेटाेमा मूथां ल्याइएकाे)
३ चैत्र २०७८, काठमाडौं ।
श्वेतकालीको बाह्र वर्षे जात्रा शुरु भएको छ । हिजो देवघरबाट देवगण सहित स्वयम्भुस्थित वनमा गै बलिसहितको पूजा पश्चात वृक्ष कर्तन गरीएको थियो । जसलाई स्थानिय भाषामा मूथां भनिन्छ ।
बाजागाजा सहित जात्रा गर्दै नरदेवी स्थित देवघर भित्र्याइएको उक्त मूथां आगामी ५ गते देवघर प्राङ्गणमा प्रतिस्थापन गरिनेछ ।
आगामी पाहाँचह्रेबाट विधिवतरुपमा आरम्भ हुने श्री श्वेतकालीको बाह्र वर्षे जात्रा अन्तर्गत चैत्र १३ गते देय् चाहिकेगु गरिन्छ भने १७ र १८ गते श्वेतकाली मन्दिर अगाडिको डबलीमा नाच प्रदर्शन गरिनेछ ।
झण्डै एक महिना अघि देवगणहरू उक्त वनमा गै छनाैट गरिएकाे उक्त विजयोत्सवको प्रतीक मूथांलाई अन्ततिर यसिं भनिन्छ ।