स्थानिय समाचारस्वास्थ्य

ईनर व्हिल क्लबद्वारा निःशुल्क पाठेघर क्यान्सरको परीक्षण

२७ फागुन २०७८, काठमाडौं ।
ईनर व्हिल क्लब काठमाडौंद्वारा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गत फागुन २४ गते वन्दे स्थित नारायण परिवार क्लबमा निःशुल्क पाठेघर परीक्षण शिविर सम्पन्न गरे ।

न्हापांगु पला मिसा पुचका वृद्धाहरुलाई लक्षित गर्दै गरिएको सो शिविरबाट २५ जना आमाहरुले र ईनर ह्विल क्लब कीर्तिपुरका १२ जना सहित कुल ३७ जनाले सो स्वास्थ्य शिविरबाट लाभ लिएका थिए जसमा ५ जनामा सानाठूला समस्याहरु देखा परेको एक स्वास्थ्यकर्मीले बताए ।

विशेष गरि बढी मात्रमा सताउने रोगहरुमा यस किसिमको रोग महिलाहरुमा अग्र रुपमा पाइएको हुनाले सो सम्बन्धी पहिले नै सतर्कता अपनाउन नारी दिवसको अवसर पारि यो कार्यक्रम गरेको जानकारी यस क्लबका अध्यक्ष सुशिला मानन्धरले दिनु भयो साथै आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने जानकारी पनि उहांले दिनु भयो । सो स्वास्थ्य शिविरमा ८३ बर्षकी बृद्दा बशुमाया महर्जनले तोकिएको स्थानमा आई सेवा लिनु भएको थियो ।

ईनर व्हिल क्लब महिलाहरुको अन्तरास्ट्रिय संगठित संस्था हो । यस संस्थाले सामुदायिक तथा ब्यक्तिगत विकासका लागि सीप, तालिम, जागरुकतामूलक कार्यक्रमका साथै मित्रता बढाउने खालका कार्यक्रमहरु पनि गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *