अर्थस्थानिय समाचार

झीगु धूकूको साधारण सभा सम्पन्न

२५ पौष २०७८, काठमाडौं ।

का.म.पा. १३ कालिमाटी स्थित झीगु धुकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा हिजो यहाँ सम्पन्न भयो ।

संस्थाका अध्यक्ष विनोद महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रगति प्रतिवेदन पेश गर्दै देशमा उत्पन्न विषम परिस्थितिमा पनि संस्थालाई माया गर्ने सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष महर्जनले आगामी दिनमा यस्तै किसिमको सदासयता रहनेमा विश्वास व्यक्त गरे ।

संस्थाले आ.व. २०७७।०७८ को असार मसान्त सम्ममा शेयर पूजी ३८ लाख पु–याएको छ । संस्थाले १ करोड ९२ लाखको हाराहारीमा कारोबार गरेको छ । जसमध्ये बचत संकलन १ करोड ३४ लाख र ऋण लगानी १ करोड ३९ लाखको हाराहारीमा रहेको छ ।

संस्थाले आगामी वर्ष चुक्ता शेयर पूँजी ६० लाख पु–याउने लक्ष्य लिएको छ । साथै संस्थाले आफ्नो कारोवार वृद्धि गर्नको लागि यसका सम्पूर्ण समिति उपसमितिहरुलाई सक्रिय बनाउन तालिमको व्यवस्था गर्ने र आवश्यक कर्मचारी नियुक्त गरी तिनीहरुलाई पनि बचत तथा ऋण सम्बन्धी तालिमको व्यवस्था गरी उत्कृष्ट सदस्य तथा कर्मचारीहरुलाई भत्ता, पुरस्कार र विमाको समेत व्यवस्था गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *