जात्रा पर्वफाेटाे फिचरसंस्कृति

श्री नवदुर्गा भवानी भक्तपुरको थिमी यात्रा सम्पन्न

१२ पौष २०७८, भक्तपुर ।

हरेक वर्ष हुने श्री नवदुर्गा भवानी भक्तपुरको थिमी यात्रा यस वर्ष हिजो सम्पन्न भएको छ । गत पौष ४ गतेबाट शुरु भएको नवदुर्गा भवानीको थिमी यात्रा शुरु भएको थियो ।

यात्राको क्रममा पहिलो दिन ४ गते दिगुटोलबाटा जात्रा शुभारम्भ भएको थियो । ५ गते चपाचोमा प्यमा द्यो जात्रा, ६ गते भुलाँखेलमा प्यमा द्यो जात्रो तथा लायकुमा गणछिं खँ प्याखँ जात्रा गरिएको छ । ७ गते नगदेश र बोडेमा प्यमा द्यो जात्रा, ८ गते दथुटोलमा गणछि प्याखँ जात्रा, ९ गते शुक्रबार बालकुमारी विश्राम, १० गते गाम्चामा प्यमा द्यो जात्रा, बालकुमारी क्षेत्र परिक्रमा, करुणामय मन्दिर अगाडि गणछिं प्याखँ जात्रा, बप्पामा मू बाहाँ जात्रा सम्पन्न भएको थियो ।

अन्तिम दिन हिजो बालकुमारीमा ङा लाकेगु जात्रा, बाराही नाच, सिम्हा दुम्हा न्यालाकेगु, स्वेत भैरव र महाकाली नाच, स्वते भैरब ङा लाकेगु जात्रा सम्पन्न गरी अन्तमा बालकुमारी मन्दिर परिसरमा आरती नाच पछि श्री नवदुर्गा भवानीको थिमी यात्रा सम्पन्न भएको थियो ।

यात्राको क्रममा भक्तजनहरुद्वारा भक्तीपूर्वक पूजा अर्चना गरिएको थियो थियो भने कतै कतै द्यःब्वयेकेगु पनि गरिएको थियो ।

 

हिजै देवगण र सहयोगीहरु नवदुर्गा मन्दिरमा फर्किएको छ । फर्किने क्रममा बाटोबाटोमा भक्तजनहरुले भव्य स्वागत पनि गरिएको थियो ।

तस्बीर: श्याम था र शरण डंगोल
भिडियो: हाम्रो जात्रा

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *