शिक्षा

का.म.पा. २१ वडाका एस.ई.ई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

६ पाैष २०७८ ।

विजय सिंह, काठमाडाैं ।

२१ वडाका स्थानियहरुले शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरेको बाकुननी पुचःले गत पौष ३ गते शनिवारका दिन २१ वडा व्यापी झिक्वःगु एस.ई.ई. हने ज्याझ्वः कार्यक्रममा २१ वडाका एस.ई.ई.  उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्रमुख अतिथि बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सभासद् डा. अजयक्रान्ति शाक्यले विद्यार्थीहरुको भविष्य आजभोलि इन्टरनेट र मोबाइलको लतमा लागेर अलमलिरहेकोमा अभिभावक वर्गलाई सजग रहन आग्रह गर्नुभयो ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले विद्यार्थीहरुले राजनीतिलाई बुझेर आफ्नो भविष्य निर्धारणको जिम्मा आफैले लिनुपर्ने बताए ।

कार्यक्रममा ६४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियाे ।

बाकुननी पुचःका अध्यक्ष गाैतम प्रधानकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्य लगायत स्थानीय लब्धप्रतिस्थित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुचःका उपाध्यक्ष कविन्द्र महर्जनले सहयाेगी सबैलाई धन्यवाद ज्ञापन गर्दै पुचःकाे कार्यक्रममा सँधै यस्तै सहयाेग र सद्भावकाे अपेक्षा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *