समाचार

फोनिजको काठमाडौं शाखाको अध्यक्षमा शैलेस डंगोल

२१ मंसिर २०७८, काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उप मेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न आदीवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला शाखाको छैठौं जिल्ला अधिवेशनले नेवाः पत्रकार शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उक्त कार्यसमितिको उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन भएका छन् भन् सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले राजेन्द्र मानन्धर, उदेन न्हुसामी मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठलाई बागमती प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् भने सुन्दर भक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, यशोदा भुजेल, राम मगर र राज्यलक्ष्मी शाक्यलाई संघिय महाधिवेशन प्रतिनिधिका रुपमा सर्वसम्मत चयन भएका छन् ।

स्मरण रहोस् नव निर्वाचित अध्यक्ष शैलेस डंगोल इण्डिजिनियस टेलिभिजनमा आवद्ध हुनुहुन्छ भने नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्ला शाखाकाे कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *