मानन्धरहरुको प्रोत्साहनका लागि सम्मान कार्यक्रम
१९ मंसीर २०७८।
के.के. मानन्धर, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित आठ जना मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघले शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी शिवप्रसादसहित पछिल्लो समय विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य क्षेत्रमा विजयी प्राप्त गर्न उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा भक्तपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित अमर मानन्धर, वस्तुगततर्फ सदस्यमा निर्वाचित श्यामप्रसाद मानन्धर रहेका छन् । त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा निर्वाचित सदस्य ज्ञानेन्द्र मानन्धर, मध्यपुर चेम्बर अफ कमर्सको कार्यसमितिमा निर्वाचित सदस्य पुष्पलाल मानन्धरलाई अध्यक्ष न्हुछेरत्न मानन्धरले सम्मानपत्र प्रदान गरेका छन् ।

