अर्थ

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

२५ असोज २०७८ ।
मध्यपुर थिमि, भक्तपुर ।
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वकाे ७ सदस्यीय नयाँ सञ्चालक समिति छनाेट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाकाे १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जाेशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयाेजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाकाे विनियम बमाेजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियाे । ऋण उपसमितिमा संयाेजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयाेजक डा. उज्ज्वल जाेशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ काे वार्षिक साधारणसभाकाे उद्‌घाटन सत्र गत हप्ता अर्थात असाेज १६ गते शनिबारै सम्पन्न गरेकाे थियाे ।
नियामक निकायले निर्देश गरेबमोजिम याे वर्ष सीमित सदस्यहरूकाे उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका महानुभावहरूकाे भाैतिक उपस्थिति र अन्य सदस्यहरूकाे अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेकाे हाे । संस्थाकाे सभाहलमा जुम सफ्टवेयर मार्फत सम्पन्न भएकाे कार्यक्रमकाे प्रत्यक्ष प्रशारण संस्थाकाे फेसबुक पेजमार्फत गरेकाे थियाे ।
संस्थामा एक हजार ३ सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूकाे संख्या ८१६ हाे । सहकारी संस्थाकाे चालू आ.व.मा जम्मा दायित्व १५ कराेड ७१ लाख ९१ हजार ९९३ रूपियाँ पुगेकाे छ ।
यसअघि, साधारणसभाकाे एक हप्ते कार्यक्रमहरू बारे सुचना प्रसार गर्न प्रत्येक सदस्यहरूकाे घरघरमै पुगेर वार्षिक साधारणसभा सम्बन्धिकाे आमन्त्रण पत्र पठाइएको थियाे । साेही सुचना संस्थाकाे सुचना पाटी, विभिन्न पत्रपत्रिका, टाेलटाेलमा टाँगिएको टुल, संस्थाकाे सामाजिक सञ्जालकाे पेजमा पाेस्ट गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *