स्थानिय समाचार

राष्ट्रिय युवा संघको वृक्षारोपण चमतीबाट शुरु

२० आषाढ २०७८ ।
उद्धब खड्गी, काठमाडौं ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यता एवं जिल्ला समन्वय समितिका प्रमुख शिव राज वैद्यको विशेष अतिथ्यतामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रद्वारा काठमाडौं जिल्लामा कामपा १५ वडाको चमतीबाट वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।

विषेश अतिथि शिव राज वैद्यले राष्ट्रिय युवा संघ केन्द्रले ल्याएको यो कार्यक्रम एकदमै सह्राहनिय रहेको बताउदै बढ्दो सहरीकरणले गर्दा प्रकृति विनाश भइरहेको अवस्थामा यस्ता कार्यक्रमले भविष्यमा सबैका लागि स्वस्छ वातावरण निर्माण हुनका साथै राष्ट्रिय युवा संघ कामपा १५ वडाले खेलेको उल्लेखनीय भुमिकाले जनसमुदायमा नेकपा एमाले तथा राष्ट्रिय युवा संघ नेपालको गरिमा उच्च राख्न सफल भएको छ ।

प्रमुख अतिथी किरण पौडेलले विगत तीन बर्षसम्म सुस्ताइरहेको युवा संघ अब एकदमै रफ्तारका साथ अगाडि बढ्ने  र केन्द्रले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिई युवाहरुलाई परिचालित गराइ जनसमुदायहरुमा युवा संघको छुट्टै पहिचान निर्माण गर्ने बताए । अहिलेका युवाहरुलाई राजनितिसँगै रोजगारीमा जोड्दै लानुपर्ने तथा युवाहरुले आफ्नै ब्यबसाय गर्ने क्रममा सरकारी कर्मचारीहरुबाट दुःख पाइरहेका युवाहरुलाइ सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुखज्युको ध्यानाकर्षण गराउँदै अब राष्ट्रिय युवा संघ नेपालले संघको लागि काम गर्ने युवाहरुको मुल्यांकन गरिने एवं संघका लागि केहि काम नगर्ने तर नातावाद र कृपाबादले पद ओगटेकाहरुको लागि अबदेखि राष्ट्रिय युवा संघ नेपाल केन्द्रमा कुनै स्थान नरहने पनि बताउदै १५ वडा कमिटी जस्तै अरु वडा पनि सक्रिय बनाउन काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याललाई निर्देशन पनि दिए ।

कार्यक्रममा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल, सदस्य शंकर केसी, कार्यालय सचिव आनन्दराम गौतम, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, महानगर कमिटीका सदस्यहरु लक्ष्मण शाही, उद्दव खड्गी, सानू रत्न फुबरे, राष्ट्रिय युवा संघका उपाध्यक्ष क्षितिज थेवे, सचिव एवं बागमती प्रदेशका इन्चार्ज प्रकाश गौतम, राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्यहरु शिव कुमार महर्जन, पेम्बा घले, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुरेन्द्र थापा, सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *