नेपालभाषाको नयाँ म्यूजिक भिडियो “जितख्वय्का छ वने फइ मखु” सार्वजनिक

५ असार २०७८ ।
काठमाडौं ।

नेवाः पत्रकार अनुप शाक्य, नेपालभाषाका चर्चित कलाकार रोजिना सुवाल र सुष्मा बज्राचार्यको अभिनय रहेको नेपालभाषाको नयाँ म्यूजिक भिडियो “जितख्वय्का छ वने फइ मखु” को भर्चुअल प्रिमियर आज भएको छ ।

आयोजकका अनुसार कोभिडको दोश्रो लहरको कारण निषेधाज्ञाका कारण जुममार्फत यसरी भर्चुअल प्रिमियर गर्नु परेको बताएको छ ।

कलाकार तथा निर्देशक सुरज नापितको निर्देशनमा फपिङ्ग, चोभार, हरिसिद्धि आदि स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोको छायांकन तथा सम्पादनमा अमर चित्रकार रहेको छ ।

जारी निषेधाज्ञाका कारण जुममार्फत भर्चुयल मार्फत गरिएको उक्त प्रिमियिर कार्यक्रम सिने पत्रकार बिजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेवाः पत्रकार दबुका अध्यक्ष सुरज बीर बज्राचाय, पेजथ्रीका सम्पादक दर्शनबीर शाक्य, बिराजकाजि राजोपाध्याय, सुरज ब्यञ्जनकार, स्वतन्त्र महर्जन, सञ्जय शर्मा राजोपाध्याय लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्मरणिय रहोस्, सार्वजनिक गरिएको उक्त गीतको ओरिजिनल भर्सनमा स्व. पद्मज्योति बज्राचार्यको स्वर रहेको छ भने हाल विष्णुमाया व्यञ्जनकारको स्वर रहेको छ ।

म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *