नेपाल परिवार जर्मनीद्वारा छत्रपाटी निःशुल्क चिकित्सालयलाई नगद सहयोग

काठमाडौं, २६ जेठ २०७८

सबै नेपालीको जीवन रक्षा एवं स्वास्थ्यको जोखिम पूर्ण अवस्थालाई न्यूनीकरण तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि छत्रपाटी निःशुल्क चिकित्सालय समुहको अथक सेवाको कदर गर्दै चिकित्सालयको प्रांगणमा स्थापना हुदै गरेको अक्सिजन जेनरेटर प्लान्ट स्थापनाको लागि जर्मनी स्थित नेपालीहरुको समूह नेपाल परिवारद्वारा रु. ५००,०००÷– सहयोग प्रदान गरेको छ ।

नेपाल प्रतिनिधि श्री सुरेन्द्र डंगोल मार्फत चिकित्सालयका निर्देशक डा. मनोज मान श्रेष्ठलाई सो रकम हस्तान्तरण गरियो ।

नेपाल परिवारले समाज सेवाको पूण्य कार्यमा हातेमालो गर्दै सम्पूर्ण समुदाय र राष्ट्र सेवाको सामुहिक प्रयासको लागि सम्पूर्ण सेवाकर्मीहरु प्रति हार्दिक नमन एवं आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *