कामपा १५ मा कोभिड विरुद्धको खोपको निरीक्षण
२६ जेठ, २०७८ ।
उद्धव शाही, काठमाडौं ।
नेकपा एमाले कामपा १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीद्वारा संयुक्त रूपमा कामपा १५ वडा स्थित भुइँखेल खोप केन्द्रमा स्थलगत निरीक्षण गरिएको छ ।
आज पहिलो खोप लाउने दिन १५ वडाबासीहरुलाई कामपा १५ वडाले व्यवस्थित रूपमा खोप लगाउने कार्य गरेको छ ।

राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल ज्युले राष्ट्रिय युवा संघ नेपाल १५वडा कमिटीका युवाहरु आवश्यक परेको खण्डमा खोप केन्द्रमा स्वयंसेवकको रूपमा परिचालन हुन तयार रहेको पनि जानकारी दिनुभएको छ ।
नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भई परिचालन हुन पनि अनुरोध गरेको छ ।

उक्त निरीक्षणमा कामपा १५ वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, सदस्य आनन्द राम गौतम, सदस्य अनिता परियार, नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल, कामपा महानगर कमिटी सदस्य लक्ष्मण शाही, महानगर सदस्य उद्दव खड्गी, महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाहीको उपस्थिति रहेको थियो ।