स्थानिय समाचारस्वास्थ्य

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

काठमाडौं, २४ जेठ २०७८ ।

चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई अटो क्लेभ मेशिन एक थान, पोर्टेबल एक्स–रे मेशिन एक थान, ईसिजी मेशिन एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गर्नुभएको हो ।

५० बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जनाउपचारका क्रममा हुनुहुन्छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।


काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्ष,कत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजन सहितको आइसोलेशनकालागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको हो । मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने एक्स–रे, ईसिजी, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पिसिआर टेस्टको ब्यवस्था, पौष्टिक खाजा खाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

यस आइसोलेशनबाट स्वास्थ्यलाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षक सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगकालागि कृतज्ञ रहेको बताउनु भएको छ ।

यसअघि पनि यसै फाउण्डेशनलेले ५थान अक्सिजन कन्सन्ट्रेटर तथा विभिन्न स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *