स्थानिय स्तरमा आइसोलेशन

काठमाडाैं, ५जेष्ठ २०७८।

बढ्दो कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यका साथ कामपा १७ वडामा कोभिड आइसोलेशनको स्थापना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा काठमाडौं महानगरपालिका १७ वडाले यो आइसोलेशन संचालनमा ल्याएको हो । ५० शैय्याबाट संचालनमा ल्याइएको यो आइसोलेशन सेन्टरले आवश्यक परेका खण्डमा १०० शैय्या विस्तार गर्न सकिने पनि बताए ।

कोरोना संक्रमित भएका व्यक्तिहरु घरमा बस्ने अवस्था नभएकाहरुलाई विशेष ध्यानमा राख्नुका साथै भित्री शहर बस्तीमा छिटो कोरोना संक्रमण हुन सक्ने संभावनालाई न्यूनिकरण गर्ने लक्ष्य लिइएको यो आइसोलेशन भने अक्सिजन रहित रहेको पनि बताउनु भयो भने यदि भर्ना भएका संक्रमित व्यक्तिहरुलाई आकस्मिक रुपमा अक्सिजनको आवश्यक परेमा त्यसको व्यवस्था पनि गरिएको यस आइसोलेशनका संयोजक तथा कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरले बताए ।

४ जना डाक्टर तथा १२ नर्स र अन्य प्राविधिकको टोलीका साथ संचालनमा आएको यो आइसोलेशन तीन महिनाको समयावधिका लागि पूर्ण तयारी अवस्थामा रहनुका साथै यदि संक्रमणकाल बढ्दै गएमा यो आइसोलेशनलाई पनि निरन्तरता दिने जानकारी पनि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *