आनन्दकुटी विद्यापीठमा ५० बेडकाे आइसोलेसन तयार, साेमबारबाट शुरू हुने
२४ बैशाख २०७८ ।
अरबिन्द्र मान सिं, काठमाडाैं ।
दोस्रो लहरको कोरोनाको भयावह स्थिती बढैसँगै काठमाडौंको स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार गरेका छन् ।
![]()
पहिलो चरणको कोभिडको लहर चलेको बेला नै यो आइसोलेसन सेन्टर संचालनमा ल्याउने योजना रहेको भएता पनि केहि समय पछि साम्य हुदै गएकोले आइसोलेसन संचालन रोकिएको र अहिले पुनः कोरोनाको महामारी बढेपछि कोभिड संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षित रहन तथा संक्रमित भएका व्यक्तिहरुबाट अरुलाई बचाउन यो सेन्टर संचालनमा ल्याउन लागिएको बताए।
![]()
आइसोलेशन आवश्यक भएका व्यक्तिहरुको स्वास्थ निगरानीका लागि आवश्यक स्वास्थकर्मीहरु फेक्ट नेपालबाट उपलब्ध हुने सेन्टरका संयोजक भीमसेन राजबाहकले बताए ।
स्थलगत निरीक्षण गरि खाली रहेको आनन्दकुटी विद्यापीठका भवनका १४ वटा कोठामा जम्मा ५० बेडको आइसोलेशन तयार पारेको कुरा गरेको बताउदै यसकाे लागि १ करोड ५० लाख ४० हजार रुपैयाँ विनियोजन भएको प्रतिनिधी सभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिनु भयो ।
आइसोलेशन यहि सोमवारदेखि संचालनमा ल्याउने लक्ष्य रहेको छ ।