स्थानिय समाचार

विषम परिस्थितिमा जोशमा हैन होसमा काम गर्न १५ वडाका युवाहरुलाई निर्देशन

२२ बैशाख २०७७ ।

उद्धव शाही, काठमाडाैं ।

राष्ट्रिय युवा संघ नेपालको महानगर भित्र पहिलो वडा कमिटीको कार्यालय स्थापना गर्न १५ वडा कमिटी सफल भएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवेले १५ वडा कमिटीले स्थानीयबासीहरुलाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको कार्य एकदमै सह्राहनिय रहेको र आगामी दिनहरुमा कार्यक्रम गर्दा अहिलेको जोखिम परिस्थितिमा आफू जोगिएर अगाडी बढ्न निर्देशन दिए ।

अहिलेको परिस्थितिमा युवाहरु अग्रपंक्तिमा रहेर त काम गर्ने हो तर जोसमा हैन होसमा रहेर काम गर्नु पर्ने बताए भने राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई वडा कार्यालयबाट पनि सहयोग गरिदिन आग्रह पनि गरे ।

साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी जस्तो सक्रिय कमिटी नरहेको र यस्तो कार्यको अरु वडाले पनि सिको गर्नुपर्ने बताए ।

१५ वडा कमिटीको कार्यालयको उद्घाटन कार्यक्रम  राष्ट्रिय खेलकूद महासंघका उपाध्यक्ष निरेस लाल सिं, कामपा १५ वडा सदस्य आनन्द राम गौतम एवं अनिता परियार लगायतको समुपस्थितिमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *