सम्पदा

नव वर्षको शुभ अवसरमा बैशाख १ गते ३३ पोखरी पदयात्रा गरिने

भक्तपुर, २५ चैत्र २०७७ ।

निजी सवारी साधन बाहक र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उदेश्यका साथ भक्तपुर टुर्सले नियमित रुपमा पदयात्रा गर्ने गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप नयाँ बर्ष २०७८ को अवसरमा सहरबासी नेपालीहरुलाई कम मात्र सवारी साधनमा यात्रा गरौं भन्ने सन्देश प्रवाह गर्न बैशाख १ गते ३३ पोखरी पदयात्राको आयोजना गरिएको छ ।

करीब ३३ हजार फीट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेटमा पूरा गर्ने गरेको छ ।

प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको समेत सहभागीता रहने उक्त पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु गरी भक्तपुरका ३३ वटा साना ठूला पोखरीहरुको अवलोकन गराइने जानकारी भक्तपुर टुर्सद्वारा प्रेषित प्रेस वक्तव्यमा जनाइएको ।

सो दिन भीड हुन नदिन दश दश जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ जसमा सहभागी हुन आगामी चैत्र ३१ गतेसम्ममा नाम दर्ता गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *