मन्त्रीद्वय हनुमान ढोका दरबार क्षेत्रमा
काठमाडौं, ४ चैत्र २०७७ ।
विनाशकारी महाभूकम्प २०७२ ले तहसनहस पारेको विश्वसम्पदा सूचीमा सुचिकृत ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल हनुमान ढोका दरबार क्षेत्रमा भैरहेको पुनःनिर्माणका कार्यहरुको अवलोकन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्वाहाम्फे लगायत केही सांसदहरुले हिजो हनुमान ढोका दरबार क्षेत्रमा पुगि त्यहाँको वस्तुस्थितिको अवलोकन गरे ।

काष्ठमण्डपको पुनःनिर्माण लगभग अन्तिम चरणमा पुगेको र आगामी बैशाख १२ गते यसको उद्घाटन गरिने जानकारी काष्ठमण्डप पुुनःनिर्माण समितिका सचिव गौतम डंगोलले मन्त्रीद्वयलाई जानकारी गराए ।
मन्त्रीद्वयले काष्ठमण्डपको स्थलगत अवलोकन पश्चात जीवित देवी श्री कुमारीको दर्शन गरी हनुमान ढोका दरबार क्षेत्रका विभिन्न चोकहरुको पनि अवलोकन गरे ।
