खेल

जोशी र अधिकारी सम्मानित

काठमाडौं, २४ फागुन २०७७ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा आज एक समाराेहका बिच  विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ । नेपाली खेलकूदमा पुर्याएको योगदानका लागि उहाँहरूलाई सम्मान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा श्रेष्ठले नेपाली खेलकूदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउदै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्ने बताए ।

विमला जोशी अमात्य एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकूदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।

भवानी अधिकारीलाई कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकूद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निर्णय पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं वुमेन्स एन्ड स्पोर्टस कमिसनका अध्यक्ष श्री ज्योति राणाज्यूको सभापतित्व सम्पन्न सो कार्यक्रममा सम्मानसँगै नगद रु. २५ हजार पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *