खेलाडी राष्ट्रका गहना हुन् – मेयर शाक्य

काठमाडौं, २४ फागुन २०७७ ।

नेपाल बुदोकैदो फूल कन्टाक्ट एसोशियसनको आयोजनामा १५ औं राष्ट्रिय बुदोकैदो फूल कन्टाक्ट करांते तथा पहिलो प्रेमकला श्रेष्ठ मेमोरियल कप च्याम्पियनशिप २०२१ काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा गत शनिबार भव्यरुपमा सम्पन्न भयो ।

कार्यक्रममा मेयर शाक्यले बसन्तपुरको पर्यायवाची काजिमान गुरु रहेको बताउँदै खेलको नियममा जित एक पक्षको मात्र हुन्छ तर हार्ने पक्ष नभएमा जितको कुनै महत्व नहुने बताए । खेलाडी राष्ट्रका गहना हुन् जसले नेपाललाई खेलकूदको माध्यमबाट विश्वमानचित्रमा चिनाउने एक अभिन्न अंग रहेको कुरामा दुइमत नभएको कुरामा दृष्टिगत गर्दै महानगरले खेलकूद क्षेत्रमा सहयोग विस्तार गर्दै लगेको बताउँदै यस अन्तर्गत फुटबल, क्रिकेट लगायत अन्य खेलहरुको लागि सक्दो सहयोग गर्दै आएको स्मरण गराउनु भयो ।

कार्यक्रममा विशेष अतिथि शुक्लागण्डी नगरपालिका तनहुँका मेयर किरण गुरुङ लगायत बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्य,  शार्दुल जंग गुल्मका गुल्मपति मेजर बिकास शाक्य, समाजसेवी पवित्र बज्राचार्य, द्वन्द निर्देशक राजेन्द्र खड्गी, १३ औं साफका स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदर्शनी खेल अन्तर्गत स्टीक ब्रेक, आइस ब्रेक, स्टोन ब्रेक, खुकुरी काँताको विशेष प्रदर्शन गरिएको थियो भने खेलको बिच बिचमा आकर्षक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने विजयी खेलाडी र टिमहरुलाई शिल्ड, पदक र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

 

तौल समूह अन्तर्गत विजयी खेलाडीहरुको नामावली यस प्रकार रहेको छ ।
३० के.जि. तौल समूह
प्रथम जितेन्द्र बिष्ट (कञ्चनपुर)
दोस्रो अनिल गौतम (भक्तपुर)
तेस्रो सुनिप श्रेष्ठ (किसिपिडी)

३५ के.जि. तौल समूह
प्रथम विकास महरा (कञ्चनपुर)
दोस्रो छिरिङ्ग ली (किसिपिडी)
तेस्रो निर्जल तामाङ्ग (ललितपुर)

४० के.जि. तौल समूह
प्रथम सन्तोष तामाङ्ग (थानकोट)
दोस्रो सरण सुनवार (कास्की)
तेस्रो भरत मल्ल (किसिपिडी

४५ के.जि. तौल समूह
प्रथम लोकराज तामाङ्ग (काभ्रे)
दोस्रो बिजय तामाङ्ग (किसिपिडी)
तेस्रो रवि मोक्तान (झापा)

५० के.जि. तौल समूह
प्रथम सुजल महर्जन (किसिपिडी)
दोस्रो सुमन परियार (धादिङ्ग)
तेस्रो बिशाल तामाङ्ग (सुनसरी)

५५ के.जि. तौल समूह
प्रथम शिरुष भुजु (भक्तपुर)
दोस्रो आकाश श्रेष्ठ (थानकोट)
तेस्रो सन्देस थोकर (मकवानपुर)

६० के.जि. तौल समूह
प्रथम नरेन्द्र महर्जन (किसिपिडी)
दोस्रो विशाल राई (थानकोट)
तेस्रो सुजव आलेमगर (केन्द्र)

६५ के.जि. तौल समूह
प्रथम समिर महर्जन (किसिपिडी)
दोस्रो धन ब. विष्ट (कञ्चनपुर)
तेस्रो धिरेन्द्र साउद (कञ्चनपुर)

४५ के.जि. तौल समूह (महिला)
प्रथम आयुषा थापामगर (किसिपिडी)
दोस्रो पुनम खडायत (कञ्चनपुर)
तेस्रो पारु तामाङ्ग (ललितपुर)

पुरुष खुल्ला समूह
प्रथम सागर विष्ट (केन्द्र)
दोस्रो सविन थापा (मकवानपुर)
तेस्रो सविन नागुन(किसिपिडी)

महिला खुल्ला समूह
प्रथम शान्ति लामा(केन्द्र)
दोस्रो रुपा मगर (केन्द्र)
तेस्रो महिमा भुजेल(केन्द्र)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *