संस्कृतिस्थानिय समाचार

तेश्रो जीवित देवी श्री कुमारी पूजा अन्तर्गत भोलि साँखु र पनौतीमा ग्वय् दाँ राखिने

काठमाडौं, २१ फागुन २०७७ ।

उपत्यका, नुवाकोट र पनौतीकाे जीवन्त संस्कृतिको रुपमा रहेका श्री कुमारीहरुको पहिलो र दोश्रो वृहत जीवित देवी श्री कुमारी पूजाको भव्य र सफलतापूर्वक सम्पन्न गरिसकेको ह्यूमत मिसा पुचः, ह्यूमतले तेश्रो वृहत जीवित देवी श्री कुमारीको पूजाको क्रममा आगामी फागुन २९ गते साँखु र पनौतीका जीवित देवी श्री कुमारीहरुको पूजा गर्ने भएको छ ।

यस अन्तर्गत भोलि शनिबार फागुन २२ गते साँखु र पनौतीका कुमारीहरुको पूजाको लागि निवेदन गर्न जाने भएको छ जसलाई नेपालभाषामा “ग्वय् दाँ त वनेगु” भनिन्छ । आयोजकहरुबाट श्री कुमारीलाई समयब्वः चढाई विशेष पूजा आजा सहित श्री कुमारी पूजाको लागि निवेदन गर्ने गरिन्छ ।

यस भन्दा अघि तेश्रो वृहत जीवित देवी श्री कुमारीे पूजा अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, बुङ्गमती, मखन, किलागल, टोखा र नुवाकोटमा रहेका जीवित देवी श्री कुमारीहरु र ललितपुरका आजिवन श्री कुमारीको पूजा सम्पन्न गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *