प्रवज्या संबर अन्तर्गत हिजो होम्पिदनेगु सम्पन्न
काठमाडौं, १६ फागुन २०७७ ।
रत्नकेतु महाविहार (झ्वाबहाः) को जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा हिजो नव प्रवर्जित कुलपुत्रहरुको होम्पिदनेगु कार्यक्रम सम्पन्न भयो ।
प्रवज्या संबर (बरे छुइगु) को लागि सर्वप्रथम विहारका इष्टदेवता, विहारका थकालीहरु र हनुमानढोका दरबारमा ग्वय्दां राखी शुरु भएको प्रवज्या संबर कार्यक्रम केशाधिबाशन, मूल, चिवर क्वतेलेगु अर्थात् चिवर फिर्ता गरी गृहस्थीमा फिर्ता हुने, आचाःलुईगु अर्थात् आचार्यभिषेकका कार्यक्रम सम्पन्न गरिसके पश्चात हिजो विहारको इष्टदेवता योगाम्बरको शक्तिपिठ, म्ह्येपि अजिमामा गै होम्पिदनेगु कार्य सम्पन्न गर्यो ।
![]()
![]()
बिहानै प्रबज्या संबरमा सहभागी कुलपुत्रहरुलाई योगाम्बर पिठमा लगि त्यहाँ गोप्य पूजासहितको होम पूजा गरी होम्पिदनेगु कार्यक्रम सम्पन्न गरिएकाे थियो भने भोलि थःने पुइँ प्रवेश गराउने कार्यक्रम रहेको छ । जसलाई संघ प्रवेश पनि भनिन्छ । जस अन्तर्गत यस क्षेत्रका विहारहरुका थकालीहरुले नव प्रवर्जित बज्राचार्य कुलपुत्रलाई संघमा सदस्यता दिलाउने एक परम्परागत बौद्ध संस्कार हो जसलाई स्थानिय भाषामा “साला यनेगु” वा “आचालस लुयेगु” भनिदै आएको छ ।
हिजोको होम्पिदनेगु कार्यक्रम पश्चात सम्पन्न एक अनौपचारिक समापन कार्यक्रममा प्रवज्या संबर कार्यक्रमका मूलाचार्य प्रा. डा. नरेशमान बज्राचार्यले बुद्ध वचनका केही सन्देशहरु सुनाउँदै “न्हिकं” (बज्राचार्य, शाक्य, उदाय लगायतले बिहान उठ्ने वित्तिकै गर्नुपर्ने प्रार्थना) का बारेमा सबस्तिार व्याख्या गर्दै सो गर्ने सरल तरिका समेत बताए ।
![]()
रत्नकेतु महाविहार (झ्वाबहाः) को जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न सो प्रबज्या संवर कार्यक्रम सम्पन्न गर्न संयोजक प्रा. डा. नरेशमान बज्राचार्य र सह संयोजक आनन्दरत्न बज्राचार्य रहेको मूलसमितिले ५ वटा उपकमिटिहरुमा अर्थ व्यवस्थापनमा नरेन्द्र रत्न बज्राचार्य, पूजा व्यवस्थापनमा श्रीमती जेनिया बज्राचार्य, खाद्य व्यवस्थापनमा मोहनमानन्द बज्राचार्य, स्थान व्यवस्थापनमा तेजमान बज्राचार्य र अतिथिसत्कारमा राजु बज्राचार्य उपकमिटिहरु गठन गरि कार्यक्रम सम्पन्न गरेको थियो ।
![]()
![]()
![]()
प्रवज्या संबर कार्यक्रममा मूलाचार्य संयोजक प्रा. डा नरेशमान बज्राचार्य रहेका थिए भने उपाध्यायमा दिपेन्द्र बज्राचार्य रहेका थिए । त्यस्तै ५ थकाली नकींमा अशोकरत्न बज्राचार्य एवं चुनु बज्राचार्य, प्रा.डा. गौतमरत्न बज्राचार्य एवं ज्ञानी बज्राचार्य, पुष्परत्न बज्राचार्य एवं पुष्पा बज्राचार्य, मोहनमाननन्द बज्राचार्य एवं सीता बज्राचा र सानुराजा बज्राचार्य एवं जेनिया बज्राचार्य रहेका छन् ।