जात्रा पर्वफाेटाे फिचरसंस्कृति

सेतो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौं, ९ माघ २०७७ ।

सेतो मत्स्येन्द्रनाथको महास्नान हिजो पौष शुक्लपक्ष पोहेलाथ्व अष्टमीका दिन केलटोल स्थित जनबहालमा गरियो । जसलाई चलनचल्तीको भाषामा “जनबहाःद्यया धलिं लुयेगु” वा “जनबहाःद्य न्हवं” पनि भन्ने गरिन्छ ।

कनकचैत्य महाबिहारमा रहेको मन्दिरबाट साँझपख मत्स्येन्द्रनाथलाई बाहिर रहेको महास्नानमण्डपमा विराजमान गराई महास्नान गराइएकाे थियो ।

परम्परागत रुपमा महास्नान दर्शनको लागि राजकिय कुमारीको पनि जनबहालमा सवारी चलाइएको थियो ।

महास्नानको क्रममा स्थानिय नायःखिं बाजा, पँयताः बाजा र धिमे बाजा लगायत स्थानिय भक्तजनहरुको ठूलो भीड लागेको थियो ।

महास्नान पश्चात पुनः मत्स्येन्द्रनाथलाई मन्दिर भित्र रहेको गुह्य स्थानमा लगिएको छ ।

आजबाट लँपूं छायेगु कार्यक्रम शुरु हुन्छ भने पूर्णिमाका दिन होम सहित दशकर्म पूजा पश्चात पुनः मन्दिरमा भक्तजनको दर्शनार्थ स्थापना गरिन्छ ।

फाेटाे – शरण डंगाेल

भिडियाे – श्याम था, हाम्राे जात्रा

महास्नानकाे भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *