सेतो मत्स्येन्द्रनाथको महास्नान आज
काठमाडौं, ८ माघ २०७७ ।
सेतो मत्स्येन्द्रनाथको महास्नान आज पौष शुक्लपक्ष पोहेलाथ्व अष्टमीका दिन केलटोल स्थित जनबहालमा गरिनेछ ।
जनबहाल स्थित सेतो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको महास्नान मण्डपमा सेतो मत्स्येन्द्रनाथलाई विराजमान गराई भव्य महास्नान गरिन्छ ।
महास्नानको लागि दिनभर ब्रत बसेका गुरुजुहरु जल लिन हिजो मन्दिरबाट पूजा सहित शोभाभगवती स्थित निर्मल तीर्थमा गै तान्त्रिक पूजा आजा गरी जल ल्याई जलघडाहरुलाई मन्दिरमा प्रवेश गराईयो ।
जलघडाहरुलाई स्थानिय नायःखिं बाजा र धिमे बाजा सहित जात्रा गर्दै मन्दिर पु-याइएको थियो ।
जलघडाहरु ल्याउँदा बाटोमा स्थानिय भक्तजनहरुले छ्वाली, पराल आदि बालेर स्वागत गरिएको थियो ।
फाेटाे – शरण डंगाेल
भिडियाे – श्याम था
भिडियाे हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्