संरक्षक समुह नेपाल (ससने)ले पुनःएकिकरण-पुनःस्थापनाका सवालमा यौनजन्य हिंसावाट पिडित महिलालाई सहयोग पु-याउने

पुष ११, २०७७ ।

काठमाडौं । कानूनी प्रणाली र कानून कार्यान्वयन गर्ने निकायहरुमा यौनजन्य हिंसावाट पिडित महिलालाई सहयोग पु-याई उनीहरुलाई पुनःएकिकरण-पुनःस्थापना गर्नका लागी बलियो अनि प्रतिफलमूखि कानुनको अभाव छ । संघ संस्था वा अन्य निकायहरुबाट गरिएका प्रमाणमा आधारित अनुसन्धान–प्रतिवेदन र तिनले देखाएका क्षेत्रमा गरिएका कार्यक्रमहरु एवं प्रचलित कानुनले पुनःएकिकरण-पुनःस्थापनालाई सशक्तरुपमा समेटन सकेको छैन । नेपाली समाजमा ब्याप्त रहेको कुरितिजन्य प्रथा, परम्परा, रितिरिवाज, चालचलन, समाजको सोच, विभेदमुखी व्यवहार साथै असजिलो र लामो कानुनी प्रक्रियाले पुनःएकिकरण-पुनःस्थापनामा जान र जीवनव्यतित गर्न बोझिलो र तनावमय बनाएको छ ।

वि स २०६४ सालमा स्थापना भएको संरक्षक समुह नेपाल (ससने)ले यौनजन्य हिंसावाट हुने शोषणको चक्रलाई तोड्न आयआर्जन तथा कानुनमा उनिहरुको सरल र सहज पहुच, समाजमा पुनःएकिकरण-पुनःस्थापना गर्न आवश्यक पर्ने शिक्षा, शिप, रोजगारी सशक्तिकरणका गतिविधिहरु संचालन गरेको छ ।

यस संस्थाको मुल नारा ‘आफुलाई सुरक्षित राखौ’ भन्ने छ । संस्था यो कुरामा बिश्वास गर्दछ कि यौनजन्य हिंसावाट प्रभावित महिला तथा बालबालिकाहरुले शोषणको बिरुद्घ लड्न र समाजमा परिर्वतनका वाहक बन्न सक्ने क्षमता राख्दछन् । यसै कारण संस्थाले पुनःएकिकरण-पुनःस्थापना गर्ने कार्यमा नेपाल प्रहरी, स्थानिय तहका सरकार र राष्ट्रिय, अन्र्तराष्ट्रिय संघ संस्थासँग हातेमालो गर्दै अर्धदक्ष कानुनी सेवा तालिम, अनौपचारिक-औपचारिक शिक्षा कार्यक्रम, बजारमुखि शिप प्रदान गर्ने कार्यक्रम मार्फत दक्ष महिला जनशक्ती निर्माण गरी रहेको छ । यसबाट समाज आत्मर्निभर भएको छ ।

फ्री अ गर्लको सहयोगमा संचालित संस्थाको स्कूल फर जस्टिस कार्यक्रमले महिलालाई स्कूलको लागि आय मार्फत उच्च शिक्षा हासिल गर्न सहयोग गरेको छ भने काडुरी चेरिटेबल फाउण्डेशनको सहयोगमा संचालित संस्थाको अर्धदक्ष कानुनी सेवा तालिम कार्यक्रमले कानुनी ज्ञान, शिक्षा र कानुनी सहयोग गरिरहेको छ । अन्यमा पाकशास्त्र, पाहुना सत्कार, ट्रेकिङ एण्ड ट्राभल, होमस्टे जस्ता आय आर्जन हुनसक्ने कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । यस कार्यक्रममा सहभागि प्रभावित महिलाहरुले आफनो जिम्मेवारी, दायित्वको स्मरण गरी आय आर्जन रोजगारी गर्न सक्नेछन् ।

ससनेले सन् २०२०को अध्यावधी समिक्षा वैठक २३ डिसेम्बर, २०२० मा संस्थाको उपाध्यक्ष ज्योति तामाङको अध्यक्षतामा सम्पन्न ग¥यो । जस्मा कार्य समितिका सदस्यहरु, स्थानिय सरकार, नेपाल प्रहरी, साझेदारी संघ संस्था, नागरिक समाजले आफनो सक्रिय उपस्थिति र सहभागिता जनाएका थिए । ससनेले आउदो वर्षमा आफनो कार्यक्रमहरु अन्य बाह्य जिल्लाहरुमा समेत संचालन गर्ने र यस्ता कार्यक्रम मार्फत यौनजन्य हिंसावाट प्रभावित महिला तथा बालबालिकाहरुलाई सबल र सफल बनाई दिगो पुनःएकिकरण गरी पुनःस्थापना गर्ने जर्मको लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *