खेलस्थानिय समाचार

भिजनोभा फुटसलको भव्य उद्घाटन सम्पन्न

मंसिर २१, काठमाडौं ।

कामपा १४ मदन नगर, बल्खुमा भिजनोभा रिक्रियसन सेन्टरको झण्डै ५ करोडको लगानीमा शुरु गरिएको भिजनोभा फुटसलको उद्घाटन माननिय शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हिजो एक भव्य कार्यक्रमबिच सम्पन्न भयो ।

खेल जगतमा सर्वप्रिय खेल फुटबल भएको कारण मैदानको अभाव भैरहेको वर्तमान अवस्थामा भिजनोभा रिक्रियसन सेन्टरका लगानीकर्ताहरुलाई धन्यवाद दिंदै सुविधा संपन्न फुटसलको विकास तथा विस्तारले देशको अर्थतन्त्रमा केही भएपनि टेवा दिने कार्य भएको बताउँदै २००७ सालदेखि भैरहेको राजनितिको सम्बन्धमा आफ्नो धारणा राख्दै नेपाल रहे हामी नेपाली रहौंला नेपालै नरहे हामी नेपाली पनि नहुने विचार व्यक्त गर्नुभयो ।

भिजनोभा रिक्रियसन सेन्टर संस्थापक अध्यक्ष रामकृष्ण तण्डुकारले भिजोनोभा फुटसल ३२ आनामा फैलिएको सुविधा सम्पन्न फुटसल भएको र यससँगै अन्य खेलहरु स्वीमिङपुल, जिम सेन्टर, ज्याकुजी, साउना लगायतका सुविधाहरु विस्तार गर्दै लगिने बताउँदै भविष्यमा चन्द्रागिरी नगरपालिका वडा नं. १६ स्थित तिनथानामा पनि यसको शाखा विस्तार गरिने पनि बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *