खेलसमाचार

स्पोर्ट्स् एण्ड ईन्भाइराेन्मेण्ट कमिशनले नयाँ काम गर्ने प्रतिबद्धता

मंसिर १०, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठज्युको प्रमुख आतिथ्यतमा नेपाल ओलम्पिक कमिटीले हिजाे एउटा कार्यक्रम गरि Sports & Environment का ११ समितीका सदस्यहरुलाई स्वागत गर्नू भएको थियो जसको अध्यक्षता श्री गोवर्धन श्रेष्ठज्युले गर्नु भएको थियाे ।

नेपाल ओलम्पक किमिटीका अध्यक्षले स्पोर्ट्स् एण्ड ईन्भाइराेन्मेण्ट कमिशनको काम बारे प्रष्ट्याउनु भएको छ जसमा खेलकूद कार्यक्रमसँगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई महत्वपूर्ण रुपमा अगाडी बढाउन आह्वान गर्नु भयो त्यस अनुरुप कमिशनका अध्यक्षज्युबाट आगामी १५ दिन भित्र कमिशनका पदाधिकारीहरुबाट Action Plan सहितको अर्को बैठक बसी नयाँ कार्य गर्ने प्रतिवद्धता गरेका छन् 

श्री गोवर्धन श्रेष्ठ अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरिक्ष रहनु भएको थियो, वहाँ खेलकूदप्रेमीका साथै टेबल टेनिसका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी समेत रहनु भएको थियो । माननीय जीवन राम श्रेष्ठज्युले कमिशनका पदाधिकारीहरुलाई बधाई साथै प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी र्निदेशक श्री चतुरानन्द राज बैद्य तथा महासचिव श्री निलेन्द्र राज श्रेष्ठज्युको उपस्थिती रहेको थियो । त्यस कमिशनका पदाधिकारीहरुमा डा.सञ्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देशस्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्मामान बज्रचार्य, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *