फाेटाे फिचरमहानगर समाचारसम्पदा

काष्ठमण्डपको उद्घाटन आगामी बैशाख १२ गते हुने

कार्तिक २२, काठमाडौं ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले हिजो काष्ठमण्डप पुनःनिर्माणको अवलोकन र निरीक्षण गर्नुका साथै हनुमानढोका दरबारको पनि अवलोकन गर्नुभयो ।

अवलोकन भ्रमण पश्चात आफ्नो छोटो भनाई राख्दै मन्त्री ज्ञवालीले २०७२ को विनाशकारी महाभूकम्पले क्षतविक्षत बनाएका सांस्कृतिक सम्पदाहरुलाई पुनःनिर्माण गर्ने काम देशै भरी जोडतोडले भइरहेको छ र यसरी सांस्कृतिक सम्पदाहरुलाई पुनःनिर्माण गर्दा स्थानियलाई बढी भन्दा बढी सहभागी गराउने र यसका मौलिक स्वरुपलाई पुनःस्थापित गर्ने कार्य भैरहेको बताउनुभयो ।

वहाँले अगाडि भन्नुभयो काष्ठमण्डप पुनःनिर्माण जुन तिब्रताका साथ काम भैरहेको छ, यसको मौलिक स्वरुपलाई जुन ढंगले पुनःस्थापित गरेको छ त्यसका लागि यसमा लागेका सम्पूर्णलाई बधाई ज्ञापन गर्नु भयो । साथै अनुमानित खर्च भन्दा एक तिहाई कम लागतमा र लक्षभन्दा चाँडै नै पुनःनिर्माण सम्पन्न हुन लागेको सन्दर्भमा यस्ता सम्पदाहरुको पुनःनिर्माणमा समुदायलाई नै जोड्नु पर्ने बताउनु भयो ।

काष्ठमण्डप पुनःनिर्माणका संयोजक माननिय राजेश शाक्यले हाल पुनःनिर्माणको कार्य ७० प्रतिशत भन्दा बढी सकिई अन्तिम चरणमा रहेको र आगामी बैशाख १२ गतेकै दिन उद्घाटन गर्ने लक्ष रहेकाे बताए ।

वहाँहरुलाई काष्ठमण्डप क्षेत्रमा माननिय राजेश शाक्य, माननिय डा. अजय क्रान्ति शाक्य लगायत अन्य गन्यमान्य व्यक्तित्वहरुले स्वागत गर्नुभएको थियो ।

फोटो – शरण डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *