जात्रा पर्वफाेटाे फिचरसंस्कृति

बुंगद्यः (रातो मच्छिन्द्रनाथ) जात्रा सम्पन्न (फोटो फिचर)

भाद्र २९, ललितपुर ।

वर्षा र सहकालका देवता बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई आज रथबाट खटमा बिराजमान गराई बुंगमती पु-याएपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भयो ।

गुरुजुको पल्टनले सलामी दिई तोप पड्काई शुरु भएको मच्छिन्द्रनाथको बुंगमती यात्रा बुंगमती पुगेपछि गुरुजुको पल्टनले तोप पड्काई जात्रा समाप्त भएकाे सूचित गरेसँगै नेपालकै सबैभन्दा लामाे जात्रा यस  वर्षको लागि समाप्त भएको छ ।

बुंगमती यात्राको क्रममा बाजा गाजा सहित स्थानियहरुको लावा लस्करले मच्छिन्द्रनाथलाई देश भित्र्याउन परम्परागतरुपमा छ्वाली बाली हर्षोल्लास साथ स्वागत गर्न आएका थिए ।

आजै मिननाथको रथलाई पनि पुल्चोकबाट आफ्नै यथास्थानमा पु-याइएको छ ।

मच्छिन्द्रनाथ बुंगमती पुगेको चौथो दिनमा उपत्यकाका धर्मावलम्बीहरु “पेन्हु बिचा” भनि भगवानको दर्शन गर्न जाने समेत परम्परा रहेको छ ।

तस्वीर – मनोज रत्न शाही

 

     

तस्वीर – मनोज रत्न शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *