जात्रा पर्वफाेटाे फिचरसंस्कृति

बुंगद्यः (रातो मच्छिन्द्रनाथ) काे रथ यात्रा सम्पन्न (फोटो फिचर)

भाद्र २२, ललितपुर ।

वर्षा र सहकालका देवता बुंगद्यः (रातो मच्छिन्द्रनाथ) रथ यात्रा हिजो सम्पन्न भयो । रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत स्थानीय प्रशासनले ललितपुर जिल्लामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३, क बमोजिम ललितपुर महानगरपालिकाभित्र यही भाद्र २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको कारण रथ यात्रा सिमित व्यक्तिको सहभागितामा सम्पन्न गरिएको थियो ।

कोभिड संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित व्यक्तिको सहभागितामा मच्छिन्द्रनाथको रथ तानिएको थियो । साथै गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्रखुट्टे पाटीसम्म पु-याई यात्रा सम्पन्न गरिएको छ ।

गत चैत्र २७ गते रथ निर्माण गर्ने साइत जुरेकोमा कोभिड महामारीका कारण लक डाउन शुरु भएकोले रथ निर्माण गर्ने कार्य रोकिएको थियो । जेठ १० गते लकडाउन खुकुलो भएको समयमा रथ बनाउन अनुमति पाई रथ बनाउन शुरु गरिएको थियो । रथ तयार भैसकेपछि अन्ततः श्रावण १० गतेको शुभ साइतमा रथारोहण सम्पन्न गरिएको थियो । त्यसको ४ दिनपछि मिननाथको समेत रथारोहण सम्पन्न भएको थियो भने सोही दिन रथ यात्रा शुरु गर्नु पर्नेमा कोभिडका कारण रथ यात्रा स्थगित गरिएको थियो ।

सम्भवतः भाद्र २६ गते (निकालिएको साइत) का दिन मच्छिन्द्रनाथलाई रथबाट खटमा बिराजमान गराई बुंगमती पु-याएपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *