महानगर समाचारस्वास्थ्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

भदाै १५, काठमाडाै ।

कोरोना नियन्त्रणका लागि फ्रन्टलाईनमा सक्रिय भएर कार्य क्षेत्रमा लागिरहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाकाे संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि आफ्नी श्रीमतीलाई जरो आएपछि ग्राण्डी अस्पतालमा जचाँउन पुगेका उनीहरूको स्वाब टेस्ट गरिएको थियो । आज सोमबार उनमा कोरोना संक्रमण भएको जानकारी गराइएको बताइएको छ ।

मेयर शाक्यकी श्रीमतीमा भने कोरोना संक्रमण नदेखिएको बताइन्छ । मेयर शाक्य अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनमा काेराेना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *