संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिको बैठक बस्यो
काठमाडौं, १७ फागुन २०७७
हिजो संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिका संयोजक संघिय सांसद माननीय जीवन राम श्रेष्ठको नेतृत्वमा बैठक बस्यो ।
प्रतिनिधि सभा पुनःस्थापना लगत्तै समिति सकृय भएको हो । समिति अन्तर्गत जीवनराम श्रेष्ठ संयोजकत्व उपसमितिको हिजो बसेको बैठकले कोरोना भाईरस (कोभिड १९) को खोपबारे आउँदो मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लगायत सम्वन्धित पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकले दोस्रो चरणमा गरेको अनुगमनको प्रतिवेदनमाथि पनि छलफल गरेको थियो ।