साहित्य

पूर्णिमा शाक्य “पामिला”को नयाँ कृति “मतिनाया ख्वबि”को बिमोचन सम्पन्न

ललितपुर, १७ फागुन २०७७

लेखक पूर्णिमा शाक्य “पामिला” द्वारा लिखित नेपालभासाको पहिलो हाइकु संकलन “मतिनाया ख्वबि”को बिमोचन गत शनिबार ललितपुरको गुडविल होटलमा सम्पन्न भयो ।

ईलोहं प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको बिमोचन सांसद शोभा शाक्य, वरिष्ठ साहित्यकार एवं च्वसापासाका अध्यक्ष भुषण प्रसाद श्रेष्ठ, नेवाः हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधान र वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मिं र लेखकका पति एवं नेपालभासा मंकाः खलः ललितपुरका पूर्व अध्यक्ष अधिवक्ता किरण शाक्यले संयुक्त रुपमा बिमोचन गरिएको थियो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार भुषण प्रसाद श्रेष्ठले हाइकुको बिषयमा पाठकले बुझ्ने गरी बताए भने एउटै शिर्षकमा हाइकु लेख्ने एउटा प्रयोग भइरहेको र पुस्तकमा “ख्वबि” शब्द प्रयोग गरिएको बताउँदै लेखकले ५–७–५ को फ्रेममै रही हाइकु लेखिएकोले देखिएकाेले लेखकले आफूलाई मिल्ने किसिमले शब्दहरु प्रयोग गरिएको जानकारी दिए ।

फोटो ः दर्शन वीर शाक्य

साहित्यकार ध्रुव मधिकर्मिले लेखक र पाठक बिचमा प्रभाव फरक हुने कुरा बताउँदै पाठक र लेखक बिचको सम्बन्ध एउटै मात्र अर्थ हुँदैन भने । किरण शाक्यले उक्त पुस्तक प्रकाशनको बारेमा आपूm अनभिज्ञ रहेको बताउँदै बिमोचनको निमन्त्रणा पश्चात मात्र थाहा पाएको भने ।

बागमती प्रदेशका सांसद शोभा शाक्यले लेखकलाई धन्यवाद दिंदै घर भित्र र बाहिर पनि आफ्नो काम सम्पन्न गर्दै पुस्तक लेख्ने र प्रकाशन गर्नेमा महिलाहरु कोही भन्दा कम नरहेको भन्दै लेखककाे मुक्तकण्ठले प्रशंसा गरे ।

ईलोहं प्रकाशन प्रालिका व्यवस्थापक दर्शनवीर शाक्यले स्वागत गर्ने क्रममा नेपालभासा क्षेत्र गतिशील भैरहेको भनेकै पूर्णिमा शाक्यजस्ता विशिष्टि लेखकहरुले आफ्नो श्रम र श्रद्धापूर्वक आफ्ना मातापिताको नाममा नेपालभासाका पुस्तकहरु समर्पित गर्दै प्रकाशन गरिरहेकोले नै हो भने ।

पुस्तक वितरणको जिम्मा लिएका नेवाः हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानले पुस्तक घरघरमै पु¥याउने व्यवस्था रहेको बताए भने विमोचन कार्यक्रमका सभापति एवं ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले नेपालभासा क्षेत्रमा पुस्तक प्रकाशन गर्नु भन्दा अगाडिको तयारीको निमित्त अझै पनि जनशक्तिको अभाव रहेको बताए ।

कार्यक्रममा नयाँ प्रयोग स्वरुप पूर्णिमा शाक्य र पत्रकार सिल्भिया राजोपाध्यायका बिच एक लाइभ अन्तरवार्ता पनि सम्पन्न भएको थियो । सो लाईभ अन्तरवार्तामा पुस्तक लेख्ने देखि प्रकाशनसम्मका बारेमा भलाकुसारी गरिएको थियो । सुनिल बज्राचार्यले संचालन गरिएको सो कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्ने सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *