जात्रा पर्वफाेटाे फिचरसंस्कृति

काठमाडौंमा यसरी मनाईयो गठामों पर्व हेर्नुहोस् १६ फोटोमा

८ साउन २०८२ ।
शरण डंगोल, काठमाडौं ।
नेवार समाजमा जात्रा पर्वको शुरुवात हिजोबाट गठामों चह्रे मनाउनेसँगै शुरु भयो । रोपाई सकेर फुर्सदको क्षणमा रोगव्याधी नलागोस् भनेर मनाइने यस जात्राको आफ्नै मौलिक पहिचान छ ।
श्रावण कृष्ण चतुर्दशी दिन मनाइने यो चाड चतुर्दशीका दिन सम्पन्न हुने चार प्रमुख चाडहरूमध्ये एक मानिन्छ । यस बाहेक अन्य तीन प्रमुख चतुर्दशीहरू हुन् – बाला चतुर्दशी, शिवरात्रि चतुर्दशी र पिशाच चतुर्दशी । नेपालका नेवार समाजमा व्यापक रूपले प्रचलित लोकोख्यान अनुसार गथांमुगः, जसलाई नेपाल भाषामा गंठामो, गंठाम्हो तथा गठांमो भनिन्छ, भने नेपाली जनजिब्रोमा घण्टाकर्ण भनिन्छ जुन एक राक्षस रहेको थियो रे । तर, तिनलाई राक्षस नै हो भन्ने कुराको कुनै ठोस आधार कहीँ कतै कसैले पनि दिन सकेको छैन । यसको अनुरूप उनी एक यस्ता हस्ती हुन् जसमा हाम्रो समाज सङ्गठनरूपी गृह भनौं या सम्पूर्ण ब्रम्हाण्ड नै अडेको छ । ललितपुरमा रातो मत्स्येन्द्रनाथ र काठमाडौं सेतो मत्स्येन्द्रनाथको को रथ निर्माण गर्दा सबैभन्दा तल ठुला–ठुला काठका सत्तरीहरूलाई बेतले बाँधेर जुन रथको जग राखिन्छ त्यसलाई गठांमो चीगु भन्ने परम्परा अहिलेसम्म चलेकै छ । यस कुराको पुष्टि यसबाट पनि हुन्छ कि ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्राको क्रममा मत्स्येन्द्रको रथ रहुञ्जेल घण्टाकर्ण चाडको अवसरमा टोल–टोलका चौबाटोहरूमा गठांमो ठड्याउन नहुने चलन विद्यमान छ । यी आधारबाट गठांमो शब्दले साँच्चै भन्ने हो भने मन्दिर, रथ, घर, राष्ट्र वा ब्रम्हाण्डकै मजबुत जगलाई बुझाएको भन्ने कुरामा कुनै शंका नरहेको स्पष्ट हुन्छ ।
काठमाडौंमा यसरी मनाईयो गठामों पर्व हेर्नुहोस् फोटो फिचर

गठामों तयार गर्नको लागि आवश्यक सामग्री ल्याउँदै

गठामों तयार गर्दै गरेको

सांकेतिक गठांमो

चोक चोकमा तयारी भै ठड्याइएको गठांमो

जगात माग्दै गरेको

जात्राको लागि अन्तिम भोज दही चिउरा खाँदै

तानेर लग्दै गरेको अवस्था

नजिकको खेलामा सेलाउन लग्दै गरेको

घर घरबाट बौ राख्न ल्याइरहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *