सुथसिया निभाः जुया कभर सङ्ग कम्पिटिसन आगामी असार ८ सम्म
११ असार २०८२, काठमाडाैं ।
कन्फराक्टिभ मिडिया सोलुसनको आयोजना नेपालभाषाको गीत सुथसिया निभाः को कभर सङ्ग कम्पिटिसनको औपचारिक शुभारम्भ हिजो यहाँ आयोजित एक पत्रकार सम्मेलनमा गरियो ।
यस प्रतियोगिताको आयोजनाबाट नेपाल भाषा क्षेत्रमा लुकेका प्रतिभाको खोजी गरी समाजमा स्थापित गर्ने उद्देश्य रहेको आयोजकले बताए । साथै यस प्रतियोगिताको माध्यमबाट नेपाल भाषाको कला र संगीतलाई क्रियाशील बनाइराख्न सहयोग पुग्ने पनि बताए ।
प्रतियोगितामा सहभागीता जनाउन इच्छुक प्रतियाेगीले गायक पुरुषोत्तम श्रेष्ठको स्वर रहेको उक्त गीतको ट्रायक रेकर्डमा आफ्नो स्वर रेकर्ड गरी suthasiya.myekasa@gmail मा इमेल मार्फत आगामी २०८२ साल असार ८ गतेसम्म पठाई सहभागिता जनाउन सकिनेछ ।
यस प्रतियोगिताका सहभागीहरुमध्येबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ भने फेसबुक पेजमा सबैभन्दा बढी लाइक आउने भिडियोलाई मोष्ट पपुलर पुरस्कार प्रदान गरिनेछ ।
प्रथम हुनेलाई गीतको शब्द, संगीत, संगीत संयोजन, रेकर्डिङ, म्यूजिक भिडियो, फोटो सुट र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने द्वितीय हुनेलाई गीतको शब्द, संगीत, संगीत संयोजन, रेकर्डिङ, फोटो सुट र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै तृतीय हुनेलाई गीतको शब्द, संगीत, संगीत संयोजन, रेकर्डिङ, र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार विजेतालाई गीतको शब्द, रेकर्डिङ, र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै मोस्ट लाइक विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने सम्पूर्ण सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिनको पालना गर्नु पर्ने शर्त र नियमहरु ः
१) प्रतियोगीले Puru Shrestha युट्युब च्यानलमा अपलोड भएको ‘सुथसिया निभाः जुयाः” गीतको काराओके ट्रायकमा गाएको गीतको भिडियो इमेल suthasiya.myekasa@gmail मार्फत आयोजकलाई पठाउनुपर्नेछ ।
२) प्रतियोगीले उक्त रेकर्डमा कुनै इफेक्ट प्रयोग गर्न पाइनेछैन ।
३) भिडियो क्वालिटी Full HD Quality (1920×1080) मा हुनु पर्नेछ ।
४) असार ८ पछि प्राप्त हुने भिडियोलाई प्रतियोगितामा समावेश गराइनेछैन ।
५. प्रतियोगिले आफ्नो गीतसँगै Puru Shrestha युट्युब च्यानल सब्सक्राइब गरेको र उक्त गीतको फेसबुक पेज लाइक गरेको स्क्रीन सट पनि इमेलमा पठाउनु पर्नेछ ।
६) एक प्रतियोगीले एउटा मात्र गीत पठाउनु पर्नेछ र दोस्रो पटक पठाएको गीतलाई मान्यता दिइनेछैन ।
७) मोस्ट लाइक पुरस्कार आयोजकको फेसबुक पेजमा अपलोड भएको भिडियोमा सबैभन्दा बढी लाइक आएको भिडियोलाई प्रदान गरिनेछ ।
८) आयोजकको निर्णय नै अन्तिम हुनेछ ।
सुथसिया निभाः जुया म्युजिक भिडियाे
सुथसिया निभाः जुया ट्रायक