नामसंगीति नेवाः खलःको आयोजनामा विजयेश्वरीमा सहश्राहुति होम सम्पन्न
आश्विन २१, २०८१,
काठमाडाैं ।
नाममंगीति नेवाः खलःको आयोजनामा विश्वशान्तिको कामना गर्दै विजयेश्वरी मन्दिर परिसरमा सहस्राहुति होमको आयोजना गरिएको छ ।
आश्विन १८ र १९ गते सम्पन्न भएको उक्त दुई दिने कार्यक्रममा उदयगिरी निलपर्वत अवस्थित विराजमान हुनु भएका धर्म चक्र महाविहार विजयश्वरी मन्दिरमा रहेका देवी देवताको क्षमा पूजा सम्पन्न भए भने ग्रह दशा शान्ति पाठ पूजा गरी पितृको नामको दान पूण्यको कार्यक्रम सम्पन्न भए । साथै विजयश्वरी मातालाई भोजन चढाउने र सवालाख दीप प्रज्वलन गरी आरती पनि गरेको आयोजकले बताए ।
खलःका अध्यक्ष तथा पूजारी हेव गुर्जुका अनुसार गणेश, भैरव, पञ्चकुमारी र १०८ कन्या कुमारीको पूजा गरिएको र नाम संगिनी देवताको पूजा अर्चना गरी नाम संगिनी भोजन प्रसाद पनि ग्रहण गरेको बताए ।
खलःका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले देशमा प्राकृतिक विपद बढ्दै गएकोले यस्ता घटनाहरु अब उप्रान्त नहोस् भन्ने कामना गर्दै होम पूजाको आयोजना गरिएको बताए । सम्पूर्ण भक्तजनहरुको दुःखकष्ट रोग व्याधि संकट हरण होस र राष्ट्रमा अमन चयन र शान्तिको कामना र विश्व शान्तिको कामना सहित पूजा आजा गरिएको पनि बताए ।
