स्थानिय समाचारस्वास्थ्य

कामपा १२ र नेपाल आँखा अस्पतालबिच निःशुल्क आँखा स्वास्थ्य सेवाका लागि सम्झौता सम्पन्न

भाद्र १९, २०८१ ।

प्रविन प्रजापति, काठमाडाैं ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ टेकु र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरबीच मंगलबार आँखा जाँच तथा उपचार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताले २०८१/०८२ आर्थिक वर्षभरि वडा नं. १२ का बासिन्दालाई निःशुल्क आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्झौतामा वडाको तर्फबाट वडा अध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईंले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा वडा सचिव संजुमा महर्जन, वडा स्वास्थ्य व्यवस्थापन समितिका सदस्य प्रविण महर्जन प्रजापती, जनस्वास्थ्य निरीक्षक ज्ञानेन्द्र चन्द, र अस्पतालका ‘आउटरिच को-अर्डिनेटर’ राम केसीको उपस्थिति थियो।

वडा अध्यक्ष महर्जनले यस कार्यक्रमले वडावासीलाई थप सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अबदेखि सबै वडावासीलाई यो सेवाबाट लाभ लिन आग्रह गरे । यस्तै अस्पतालका कार्यकारी निर्देशक गोसाईंले भविष्यमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *