कदम पुरस्कार तथा हरिराम जोशी संस्कृति पुरस्कार वितरण गरियो
१६ बैशाख २०८१,
कृतन मंगल जोशी, ललितपुर ।
जोशी रिसर्च इन्स्टिच्यूटको आयोजनामा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यतामा “कदम पुरस्कार”, “हरि राम जोशी संस्कृति पुरस्कार” बाट क्रमशः प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ तथा मोहन दुवाललाई सम्मानित गरियो ।


साथै कार्यक्रममा संस्कृतिविद हरिराम जोशीको साहित्यिक ग्रन्थ “कदम” पनि लोकार्पण गरिएको थियो भने उहाँका जेष्ठ सुपुत्र दिपक राम जोशीज्युको शब्द रचनामा बुहारी बिन्दुबाबा जोशीज्युको स्वरमा सूसज्जित “आमा” गीतको पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबाु महर्जन लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।