समाजसेवा

केन्द्रीय मानन्धर संघ ८८ वर्षिय सुवर्ण मान मानन्धरको नयाँ नेतृत्वमा

१६ वैशाख २०८१,  केके मानन्धर ।
केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारण सभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षिय मानन्धरलाई दुई वर्षे कार्यकालको लागि सर्वसम्मत छनोट गरेको हो । संघका सभापति बाहेक कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरू ४ वर्षको लागि निर्वाचित हुने वैधानिक व्यवस्था छ । कार्यक्रममा सभापतिको लागि निर्वाचन भएपनि संघका अन्य पदाधिकारीहरुको लागि आगामी अधिवेशनमा मात्र निर्वाचन हुनेछ । त्यस्तै, विभिन्न सांस्कृतिक गतिविधिलाई नेतृत्व दिन र नेपाल सरकारको गुठी संस्थान तथा अन्य प्रशासनिक निकायसँग समन्वय गर्न धालासिक्व मानन्धर सनाः खलःबाट न्हेसः नायः सदाबहार कार्यसमितिको पदाधिकारी रहने व्यवस्था छ । न्हेसः नायःको अर्थ तत्कालीन काठमाडौंका ७ सय मानन्धरहरूको लागि वंशको आधारले नियुक्ती पाउने सर्वसम्मत अध्यक्ष हुन् ।
नेपालभाषा मंका खलःको हलमा सम्पन्न भएको कार्यक्रममा बारा जिल्लाको प्रसौनी मानन्धर गुठीलाई प्रतिनिधित्व गरेर संघमा सभापति भएका मनोज कुमार मानन्धरको कार्यावधि सकिएकोले आज नयाँ सभापतिको लागि निर्वाचन भएको हो । संघका सभापति कारणवश अमेरिकामा रहनु भएको र उहाँले उपसभापति बद्री नारायण मानन्धरलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनुभएको आधारले आज सम्पन्न भएको साधारणसभा उपसभापतिकै सभापतित्वमा सम्पन्न भएको छ ।


देशभरका विभिन्न ठाउँबाट आ–आफ्ना गुठी, पुचः, खलः, संघ, संस्थालाई प्रतिनिधित्व गरेका प्रतिनिधिसभाका सांसदहरुबीच कार्यक्रम अवधिमा रु. एक करोड ८६ लाख, ८७ हजार ३ सय ५३ रुपियाँ १६ पैसाको वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । केन्द्रीय मानन्धर संघ २०१० माघ १० गते स्थापना भएको नेपालकै सामुदायिकतर्फ सबसे अग्रनी संस्था हो । काठमाडौंको दैसाः तःबही टोलका देवीदास मानन्धरले तत्कालीन काठमाडौंका मानन्धरहरुलाई समेटेर गठन गरेको केन्द्रीय मानन्धर संघमा कालान्तरमा देशभरकै मानन्धरहरु जोडिएका हुन् । संघमा पूर्वको धरानदेखि पश्चिमको स्याङ्जासम्म विभिन्न टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको ५८ वटा समूह आवद्ध रहेको छ ।
केन्द्रीय मानन्धर संघको नयाँ कार्यसमितिकाे सभापतिमा सुवर्ण मान मानन्धर, निवर्तमान सभापतिमा गोपाल कृष्ण मानन्धर, उपसभापतिमा बद्री नारायण मानन्धर, न्हेसः नायः मा अमोघ नारायण मानन्धर, सचिवमा गजेन्द्र मान मानन्धर,  कोषाध्यक्षमा राजेन्द्र मानन्धर ,  सहसचिवमा कृष्ण बहादुर मानन्धर र तुलसी काजी मानन्धर, सहकोषाध्यक्षमा प्रकाश बहादुर मानन्धर तथा सदस्यहरूमा राजु मानन्धर, गजेन्द्र प्रसाद मानन्धर, जुजुकाजी मानन्धर, विजय कुमार मानन्धर, शैलेन्द्र कुमार मानन्धर, सुशीला मानन्धर , किरण कुमार मानन्धर,  कृष्णकाजी मानन्धर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *