धर्म संस्कृतिसमाजसेवा

श्री तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा सम्पन्न

२९ पौष २०८०, काठमाडौं ।
आराध्यदेवी श्री तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा हिजो श्री पचली भैरवनाथ शक्तिपिथ परिसर, टेकूमा सम्पन्न भयो ।

समितिका अध्यक्ष श्री शैलेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कार्यसमितिका सदस्यहरु लगायत आजिवन सदस्यहरु, पदेन सदस्यहरु लगायत साधारण सदस्यहरुको उपस्थितिमा श्री पचली भैरवनाथ एवं अष्टमातृकाको पूजा पनि गरिएको थियो ।


कार्यक्रममा समितिका सचिव राजेन्द्र मानन्धरले समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कमला श्रेष्ठले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।


हामीसँगको छोटो कुराकानीमा समितिका अध्यक्ष श्रेष्ठले संस्थाले गाइजात्रा पर्वको अवसरमा तता केहेँ पुचःसँगको सहकार्यमा निःशुल्क पानी वितरण गरेको, इन्द्रजात्रा पर्वको अवसरमा जात्रा अवधिभर साँझ दीप प्रज्वलन, विशेष पूजा र समयबजी प्रसाद वितरण गरेको, वडा दशैंको पावन अवसरमा श्री तलेजु भवानी सवारी यात्रामा स्वयंसेवकको भूमिका निर्वाह गरेको, तिहारमा हनुमानढोका परिसरमा दीप प्रज्वलन गरेको, भैरवाष्टमीका दिन नित्यनाथ, श्री भैरवको पूजा आराधना गरेको लगायत अन्य विविध सामाजिक क्रियाकलापहरुमा सहभागिता जनाइएको बताउनुभयो ।

कार्यक्रमको अन्तमा सहभागी सम्पूर्ण महानुभावहरुलाई प्रसाद वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *