जात्रा पर्वफाेटाे फिचरसम्पदासंस्कृति

कार्तिक नाचमा नृसिंहले हिरण्यकश्यपुको बध गरे

१० मंसिर २०८० ।
ने.सं.७६१ मा तत्कालिन ललितपुरका राजा सिद्धिनरसिंह मल्लका शासनकालमा शुरु भएको विश्वकै निरन्तररुपमा संचालन भै रहेको सबैभन्दा लामो जात्रा मध्ये कात्ती प्याखं (कार्तिक नाच) एक रहेको छ । विगतमा कार्तिक महिना भरि  प्रदर्शन गरिने नेपालकै एक जीवन्त संस्कृति मध्येको उत्कृष्ट कार्तिक नाच नेपालको आफ्नै मौलिक साँस्कृतिक नृत्य अर्थात् नाच रहेको छ ।

तान्त्रिक पक्षको प्रधानता रहेको यस कार्तिक नाच अन्तर्गत हिजो  मंगलबजार स्थित कार्तिक डबलीमा कार्तिक नाच अन्तर्गत प्रस्तुत गरिएको नृसिंह अवतार नाचमा भक्त प्रल्हादको रक्षार्थ अर्थात् धर्मको रक्षाको लागि नृसिंह अवतार अवतरण भै हिरण्यकश्यपुलाई बध गरी सम्पूर्ण जगतको उद्धार गरेको कथानुसार सो नाचमा हिरण्यकश्यपुलाई बध गरेको दृश्य देखाइएकाे थियाे । न रात न दिन, न मनुष्य न जनावर, न जल न जमिन, न आकाश न धरती, न घर भित्र न घर बाहिर मार्न नपाईयोस् भन्ने आदि इत्यादि वरदान प्राप्त हिरण्यकश्यपुलाई बध गर्नको लागि नृसिंह अवतार लिएको प्रतित हुन्छ ।

हेर्नुहाेस् फाेटाे फिचर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *