जात्रा पर्वसंस्कृति

ज्यापु संस्कृति विकास कोषद्वारा गुरु पूर्णिमामा गुरुहरुलाई सम्मान गरे

१९ असार २०८०, काठमाडौं ।
ज्यापु संस्कृति विकास कोषद्वारा गुरु पूर्णिमाका अवसरमा हिजो यहाँका परम्परागत ६३ टोलका गुरुहरुलाई सामुहिक सम्मान गरेको छ ।

कामपाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतितिबाट भादगाउँले टोपी लगाई दिई सगुन र नगद सहित गुरुहरुलाई सम्मान गरिएको थियो ।

साथै सोही कार्यक्रममा यस वर्ष यमरी पुन्हिको दिनमा आयोजना हुने २० औं राष्ट्रिय ज्यापु दिवसको संयोजक त्यंगः त्वाः खलःलाई पालो हस्तान्तरण गरिएको थियो । गत वर्ष गोफः त्वाःको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डंगोलले हाम्रो बाजागाजा, संगित, भाषाभूषा, पहिरन, रहनसहन, जात्रा पर्व, सम्पदा, संस्कृति आदि सबै हाम्रा अमुल्य निधि हुन् । यी सबै हाम्रा पहिचान हुन् । गुरु पुर्णिमाको अवसरमा हाम्रो मौलिक तथा परम्परागत पहिचानलाई जोगाइरहनु हुने तथा पुस्तान्तरन गर्न योगदान दिनु हुने सम्पूर्ण गुरुहरु प्रति सम्मान तथा नमन गर्दै आज यी गुरुहरुलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको बताए ।

ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष पंच नारायण महर्जन लगायतले गुरुको महिमाको बारेमा आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रममा विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *