जात्रा पर्वफाेटाे फिचरसंस्कृति

बुंगद्यः रातो मत्स्येन्द्रनाथको जात्रा समाप्त

१२ जेठ २०८०, ललितपुर ।
गत वैशाख ८ गतेका दिन रथारोहण गरी सुरु भएको बुंगद्यः रातो मत्स्येन्द्रनाथको रथयात्रा हिजो समाप्त भएको छ ।

हिजो जाह्वलाखेलमा भोटो जात्रा सकिए लगत्तै बुंगद्यःलाई रथबाट खटमा राखी जात्रा गर्दै बुंगमती मन्दिरमा पु-याइएको छ ।

बुंगमती पुर्‍याउने क्रममा उक्त भेगका बासिन्दाहरू छ्वाली बाली बाजागाजा सहित बुंगद्यःलाई स्वागत गर्न नख्खुसम्म आउने गरेको पाइन्छ । यसरी एक मुठ्ठा छ्वाली बाल्दा सवा लाख बत्ती बालेको पूण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यो जात्रा अन्तर्गत पुल्चोकमा बनाइएको ३२ हातको रथमा रथारोहण गरी त्यसको ४ दिन पछि गाःबहाल, मंगलबजार, सुन्धारा, थति टोल हुँदै लगनखेलमा आमाको मन्दिरलाई ३ पटक घुमाइन्छ र लगनखेलमा नरिवल जात्रा हुन्छ । तत्पश्चात् याकः मिसा भुज्या हुन्छ र थति टोलमा रथलाई बिसाइन्छ । त्यसपछि जाह्वलाजात्राको निमित्त मंगलबजारस्थित साइतपाटीमा पश्चिम यात्राको साइत निकालिन्छ । पश्चिम यात्राको एक दिन अघि जाह्वला जात्रा हुन्छ र पुनः नरिवल जात्रा पनि हुन्छ । पश्चिम यात्राको दिन रथलाई जाह्वलाखेलमा पु-याएको ४ दिन पछि भोटो जात्रा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *