जात्रा पर्वसंस्कृति

बुंगद्यः “श्री रक्तार्यावलोकितेश्वर” को रथ जात्रा सुरु

९ वैशाख २०८०, ललितपुर ।
विश्वकै सबैभन्दा लामो समयसम्म मनाइने रथ जात्रा बुंगद्यः “श्री रक्तार्यावलोकितेश्वर” (श्री रातो मत्स्येन्द्रनाथ) को रथ जात्रा हिजोबाट सुरु भएको छ ।
हिजो राजकीय सम्मानका साथ तोप पड्काई तःबहालबाट रातो मत्स्येन्द्रनाथलाई खटमा विराजमान गराई पुल्चोक स्थित रथमा रथारोहण गराई जात्रा सुरु गरिएको हो ।
सो भन्दा अघि पानेजु र मलिनी सहित कुरुवा (कटुवाल दह) मा गई बुंगद्यःलाई भमरास्वरुपमा कलशासन गराई ल्याइएको थियो ।
पाटनका विभिन्न स्थानहरूको परिक्रमा पश्चात् जाह्वलाखेलमा भोटो जात्रा पछि रथबाट खटमा विराजमान गराई बुंगमती स्थित मन्दिरमा पु-याएपश्चात यो जात्रा यस वर्षको लागि समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *