जात्रा पर्वधर्म संस्कृति

सेतो मत्स्येन्द्रनाथको जात्रा शुरु

१६ चैत २०७९, काठमाडाैं ।

वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा हिजोबाट शुरु भएको छ । चौलाथ्व अष्टमी वा चैत्र शुक्ल अष्टमी वा चैते दशैंका दिन केलटोलस्थित जनबहालबाट सानो खटमा श्री आर्यावलोकितेश्वरलाई बिराजमान गराई बाजागाजा र भक्तजनहरुको लावालस्कर सहित दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि निर्मित ३२ हाते रथमा रथारोहण गराई जात्रा शुरु गरिएको छ ।

हिजो पहिलो दिन रथलाई असनमा पु-याइयो भने दोश्रो दिन आज असनबाट केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका स्थित कालभैरबसम्म रथजात्रा हुन्छ ।

तेश्रो दिन हनुमानढोकाबाट मरु, चिकंमुगः, मजिपाः, जोशिदेगः, ज्याबहाः हुँदै श्री मत्स्येन्द्रनाथको आमाको मन्दिर रहेको लगःसम्म रथजात्रा हुन्छ जसलाई लगःयाः भनिन्छ । चौथो दिन आमा र रुखको तीन चक्कर लगाईन्छ जसलाई ‘मासिमा चाहिकेगु’ भनिन्छ पश्चात रथ यात्रा समाप्त हुन्छ ।

पाँचौ दिन श्री मत्स्येन्द्रनाथलाई रथबाट निकालेर ज्याबिलीपिसालेगु पछि खटमा राखी विशेष पूजाआजा पश्चात् खट जात्रा गर्दै पुनः केलटोलस्थित मन्दिरमा पु¥याएपछि त्यस वर्षको मत्स्येन्द्रनाथ यात्रा समाप्त हुन्छ । कथंकदाचित भवितव्य पर्न गै रथ यात्रा पूरा हुन सकेन भने पूर्णिमाको दिन विधिपूर्वक रथबाट निकालेर खटमा राखी मन्दिरमा पु-याइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *