नेपालभाषामनाेरञ्जन

इन्दिरा लाछिमस्यूको बायोपिक चलचित्र “इन्दिरा धिमय् मैंचा”को शुभमुहूर्त सम्पन्न

४ असोज २०७९, भक्तपुर ।

नेपालको पहिलो महिला धिमे वादक इन्दिरा लाछिमस्यूको नेपालभाषामा पहिलो बायोपिक चलचित्र ‘इन्दिरा’को हिजो ख्वप म.न.पा.का मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यता तथा उपमेयर रजनी जोशीको विशेष आतिथ्यतामा यहाँ शुभमुहूर्त गरिएको छ ।

बि.के. फिल्मस्को प्रस्तुतिका रूपमा रहेको यो चलचित्रका प्रस्तुत कर्ता गोपाल काजी कायस्थ रहेको छ ।

सुरेन्द्र शाक्य निर्माता रहेको यस चलचित्रमा सह निर्माताका रूपमा प्रकाश दीप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।

नेपालभाषा क्षेत्रका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा इन्दिरा लाछिमस्यूको समेत अभिनय रहने छ । चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देव चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ ।

सो चलचित्रमा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ भने जीवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

चलचित्रमा ख्यातिप्राप्त गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ ।

सोहन मानन्धरको छायांकन रहने चलचित्रको मुख्य सहायक निर्देशनमा भोगेन्द्र मानन्धर र कार्यक्रम व्यवस्थापकमा सिताराम माकः रहेका छन् ।

चलचित्रको शुटिङ्ग आगामी असोज १० गते बाट सुरु गरिने बताइएको छ ।

तस्बिर ः बिके जल्मी, रुपेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *